प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
भदौ २०७९
सवारी चालक अनुमती पत्रको नक्कली प्रबेश पत्र बनाएको अभियोगमा सशस्त्रका जवान पक्राउ ।
२०७९-०५-०६

मिति २०७९।०५।०६ गते १४:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०७ स्थित यातायात व्यवस्था कार्यालय सुर्खेतमा जिल्ला दैलेख गुराँस गाउपालिका -०४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत बर्ष ३० को सशस्त्र प्रहरी जवान भक्त बहादुर शाहीले मिति २०७९।०४।११ गते दिएको मोटरसाईकलको सवारी चालक अनुमती पत्र को परिक्षाको ( लिखित र मौखिक ) प्रवेश पत्रमा यातायात ब्यवस्था कार्याल सुर्खेतका २ जना कर्मचारीहरुको कृते सही छाप र कार्यालयको कृते छाप लगाई उतिर्ण ( पास ) भएको बनाई सवारी चालक अनुमती पत्र लिन आएको अबस्थामा यातायात ब्यबस्था कार्यालयका कर्मचारीलाई शंका लागि जिल्ला प्रहरी कार्यालयमा खबर गरे पश्चात प्रहरी टोली खटिगई निज भक्त बहादुर शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

लागूऔषध ब्राउनसुगर सहित मानिस पक्राउ ।
२०७९-०५-०६

मिति २०७९।०५।०६ गते १२:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा स्थित देउती बज्यै मन्दिर नजिक तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश ब्युरो, लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकका संयुक्त प्रहरी टोलीले ऐ. बस्ने बर्ष १९ को प्रतिक के.सी. आफ्नै घरमा बसिरहेको अबस्थामा शंका लागि चेक जाँच गर्दा निज सुत्ने कोठामा रहेको बाकसमा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको १ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

फरार प्रतिबादी पक्राउ ।
२०७९-०५-०६

 मिति २०७९।०५।०४ गते फरार रहेका जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका १३ भल्म बस्ने बर्ष २४ को अनन्त खत्रीलाई खोजतलास गर्ने क्रममा आज मिति २०७९।०५।०६ गते अ. १४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय  जाजरकोट बाट खटिगएका प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय आठबिसकोट रुकुम (पश्चिम) संग समन्वय गरी जिल्ला रुकुम (पश्चिम) आटबिसकोट नगरपालिका १३ भल्ममा आफन्त गोविन्द चन्दको घरमा लुकीछिपि रहेको अवस्थामा फेला पारी रितपुर्वक पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई थप अनुसन्धान भईरहेको र जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका १३ भल्म बस्ने बर्ष २४ को रमेश मल्ल को खोजी कार्य भईरहेको